वाणिज्य बैंकहरुको दोस्रो त्रैमासिक विवरण : नाफामा कुन अगाडी ? अन्य सूचक कस्तो ?

बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकको नाफा घटेको छ । केहीको सामान्य बढेको छ भने थोरैको मात्र राम्रो प्रगति देखिएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेड रेटमा गरेको कडाई र स्प्रेड रेट गणना विधिमा गरेको परिमार्जनका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको वासलात प्रभावित भएको हो । धेरै बैंकहरुको खराब कर्जामा पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा वृद्धि देखिएको छ ।

मंगलबारसम्म दोस्रो त्रैमासिक विवरण सार्वजनिक गरेका २४ वटा वाणिज्य बैंकमध्ये, सिभिल बैंक, सिटिजन्स बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकको नाफा घटेको छ भने प्रभु बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक लगायतको नाफा थोरैले मात्र बढेको छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा एक अर्ब ६८ करोड ५९ लाख आठ हजार खुद मुनाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकको नाममा कारोबार गर्नुअघि जनता बैंकले ४५ करोड १३ लाख ३१ हजार मुनाफा आर्जन गरेको थियो । उक्त मुनाफा समेत जोड्दा पुष मसान्त सम्मको बैंकको खुद मुनाफा दुई अर्ब १३ करोड ७२ लाख ३९ हजार रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब २० करोड ८५ लाख ३१ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी तीन अर्ब ५४ करोड ८७ लाख रहेको छ भने संचालन मुनाफा २ अर्ब ३६ करोड ९१ लाख रहेको छ । पुष मसान्त सम्ममा १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ७ अर्ब ४८ करोड ४१ लाख ८९ हजार राखेको छ । यो अवधिमा एक खर्ब ९७ अर्ब ४१ करोड १३ लाख निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी एक खर्ब आठ अर्ब ९७ करोड ७६ लाख रहेको छ ।

खराब कर्जा चालु आर्थिक वर्षमा वृद्धि भएर १.२० प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७८.९८ प्रतिशत, पुँजीकोष अनुपात ११.४७ प्रतिशत रहेको बैंकको कोषको लागत ६.७९ प्रतिशत, ब्याजदर अन्तर ५.३१ प्रतिशत र आधार ब्याजदर १०.१२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २२.५३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४५.२३ रुपैयाँ र मुल्य आम्दानी अनुपात १३.१० गुणा रहेको छ ।

नविल बैंक
नबिल बैंकले दुई अर्ब चार करोड १८ लाख ६१ हजार खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा ६.०२ प्रतिशतले कम हो । बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ४५ करोड ९१ लाख ३७ हजार रहेको छ ।

बैंकले तीन अर्ब ४५ करोड १६ लाख ८६ हजार खुद ब्याज आम्दानी गरेको छ भने दुई अर्ब ९० करोड ८२ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्त सम्ममा १० अर्ब नौ करोड ७४ लाख ९७ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ११ अर्ब ६७ करोड छ लाख १८ हजार राखेको छ । बैंकले एक खर्ब ६४ अर्ब ३२ करोड ४५ लाख निक्षेप संकलन गरेर एक खर्ब ४१ अर्ब ३९ करोड ४५ लाख कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा बढेर ०.७५ प्रतिशत पुगेको छ । बैंकको सिसिडि रेसियो ७७.२३ प्रतिशत, पुँजीकोष ११.५२ प्रतिशत, कोषको लागत ६.०२ प्रतिशत र आधार ब्याजदर बढेर ८.१० प्रतिशत पुगेको छ । बैंकको स्प्रेड रेट ४.९९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ४५.३२ रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एशिया बैंकको खुद मुनाफा ३३ प्रतिशतले बढेर दुई अर्ब एक करोड पुगेको छ । बैंकको वितरणयोग्य नाफा भने एक अर्ब सात करोड रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकले तीन अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने संचालन मुनाफा दुई अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले दोस्रो त्रैमाससम्ममा कर्जा १५ अर्बले वृद्धि गरी १६५ अर्ब र निक्षेप ६ अर्बले वृद्धि गरी १८६ अर्ब पुर्याएको छ । चुक्तापुँजी नौ अर्ब ७१ करोड रुपैयाँ रहेको बैंकले जगेडा कोषमा चार अर्ब ९७ करोड रुपैयाँ राखेको छ ।

खराब कर्जा बढेर ०.४६ प्रतिशत पुगेको बैंकको सिसिडि रेसियो ७८.१८ प्रतिशत, पुँजीकोष अनुपात १२.७५ प्रतिशत, कोषको लागत ६.९३ प्रतिशत, व्याजदर अन्तर ५.०२ प्रतिशत र आधार व्याजदर ९.६२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ४१.६१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६४.८७ रुपैयाँ र मुल्य आम्दानी अनुपात १०.६५ गुणा रहेको छ ।

हिमालयन बैंक
हिमालयन बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७४ करोड ४२ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८.७८ प्रतिशत बढी हो । बैंकको वितरणयोग्य मुनाफा भने ९२ करोड ९२ लाख ९० हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ५७ करोड ८१ लाख रुपैयाँ र संचालन मुनाफा दुई अर्ब ११ करोड ७१ लाख रुपैयाँ रहेको छ । पुष मसान्त सम्ममा आठ अर्ब ५२ करोड दुई लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा छ अर्ब ११ करोड ६० लाख ४१ हजार रुपैयाँ राखेको छ । एक खर्ब १२ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ९७ अर्ब ७२ करोड पाँच लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा सामान्य बढेर १.२८ प्रतिशत पुगेको छ भने सिसिडि रेसियो ७३.९४ प्रतिशत, पुँजीकोष अनुपात १४.७३ प्रतिशत रहेको बैंकको कोषको लागत ६.३४ प्रतिशत, ब्याजदर अन्तर ५.३२ प्रतिशत र आधार ब्याजदर ८.९२ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ४०.९० रुपैयाँ, प्रतिशेयर नेटवर्थ २०८.२० रुपैयाँ र मुल्य आम्दानी अनुपात १३.७४ गुणा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको खुद मुनाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १५.६६ प्रतिशतले घटेको छ । बैंकले एक अर्ब ६६ करोड ६१ लाख १२ हजार खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ८४ करोड ३४ लाख १२ हजार रहेको छ ।

बैंकले तीन अर्ब छ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने दुई अर्ब ३८ करोड नौ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्त सम्ममा १४ अर्ब २२ करोड १० लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब १० करोड २६ लाख ४८ हजार रुपैयाँ राखेको छ । यो अवधिमा एक खर्ब ४९ अर्ब ९५ करोड २७ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ३२ अर्ब ६० करोड ३८ लाख ८५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा बढेर २.९० प्रतिशत पुगेको छ भने सिसिडि रेसियो ७५.३९ प्रतिशत, पुँजीकोष अनुपात १३.३७ प्रतिशत रहेको बैंकको कोषको लागत ६.३७ प्रतिशत र आधार ब्याजदर ८.५३ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी २३.४३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८४.०३ रुपैयाँ र मुल्य आम्दानी अनुपात १७.२८ गुणा रहेको छ ।

एनएमबी बैंक
एनएमबी बैंकले चालू अर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा एक अर्ब ६६ करोड ३१ लाख ८० हजार खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोहि अविधको ४७.४० प्रतिशतले बढि हो । बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ११ करोड ६५ लाख २५ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ७३ करोड ४४ लाख रहेको छ भने संचालन मुनाफा एक अर्ब ५१ करोड ४९ लाख रहेको छ । पुष मसान्त सम्ममा ११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा पाँच अर्ब २१ करोड ५१ लाख ९७ हजार राखेको छ । यो अवधिमा एक खर्ब २६ अर्ब ४२ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी एक खर्ब १३ अर्ब ६३ करोड ७१ लाख रहेको छ ।

खराब कर्जा चालु आर्थिक वर्षमा वृद्धि भएर १.९६ प्रतिशत कायम भएको छ । बैंकको सिसिडि रेसियो ७७.५५ प्रतिशत, पुँजीकोष अनुपात १६.०५ प्रतिशत रहेको बैंकको कोषको लागत ७.७० प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.०३ प्रतिशत र आधार ब्याजदर १०.१२ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ३०.४० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८८.५५ रुपैयाँ र मुल्य आम्दानी अनुपात ११.८१ गुणा रहेको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ५८ करोड १७ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा २२.८ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १४ करोड ८३ लाख ८७ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी तीन अर्ब १७ करोड १६ लाख रुपैयाँ र संचालन मुनाफा एक अर्ब ९८ करोड ४४ लाख रुपैयाँ रहेको छ । नेपाल सरकारको अग्राधिकार शेयर सहित पुष मसान्त सम्ममा १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख ४० हजार रुपैयाँ राखेको छ । एक खर्ब २७ अर्ब २१ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी एक खर्ब १५ अर्ब ३६ करोड १० लाख रुपैयाँ रहेको छ ।

बैंकले खराब कर्जामा सुधार गर्दै ३.९१ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको सिसिडि रेसियो ७२.१२ प्रतिशत, पुँजीकोष अनुपात २०.३९ प्रतिशत रहेको बैंकको कोषको लागत ७.२ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.२९ प्रतिशत र आधार ब्याजदर १०.१७ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ३१.४७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५४.०१ रुपैयाँ र मुल्य आम्दानी अनुपात १२.०१ गुणा रहेको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा डेढ अर्ब नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५.५९ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ८६ करोड ४९ लाख रहेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप ८.९७ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९.२६ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ८.६६ प्रतिशतले बढेर २ अर्ब ६७ करोड पुगेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रहेको छ भने रिजर्भमा ९ अर्ब रहेको छ ।

बैंकको खराब कर्जा ०.१९ प्रतिशतबाट घटेर ०.१६ प्रतिशत कायम भएको छ । बैंकको प्रति शेयर आम्दानी (ईपिएस) ३५.४८ रुपैयाँ, प्रति शेयर नेट वर्थ २०६.५३ रुपैयाँ , र मूल्य आम्दानी अनुपात १६.८० गुणा रहेको छ । त्यस्तै बैंकको कोषको लागत ६.४४ प्रतिशत रहेको छ भने बेस रेट ८.४६ प्रतिशत रहेको छ ।

नेपाल बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकको मुनाफा १८.६ प्रतिशतले घटेको छ । पुष मसान्तसम्ममा बैंकले एक अर्ब ३५ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ३७ लाख १९ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १३.३३ प्रतिशतले घटेर तीन अर्ब १६ करोड ७२ लाख रुपैयाँ आर्जन भएको छ भने संचालन नाफा एक अर्ब ७३ करोड ४६ लाख रुपैयाँमा झरेको छ । पुष मसान्त सम्ममा नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख ९४ हजार रुपैयाँ राखेको छ । एक खर्ब १७ अर्ब १२ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.६६ प्रतिशतमा झरेको छ । बैंकको सिसिडि रेसियो ७४.९३ प्रतिशत, पुँजीकोष अनुपात १७.४१ प्रतिशत, कोषको लागत ५.१९ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.४४ प्रतिशत र आधार ब्याजदर ७.८२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २७.५७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २९७.५५ रुपैयाँ र मुल्य आम्दानी अनुपात १०.०५ गुणा रहेको छ ।

प्राइम कमर्सियल बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले एक अर्ब ३० करोड सात लाख ८७ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६१ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा ८६ करोड ५९ लाख ५९ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी २२.०३ प्रतिशतले बढेर दुई अर्ब १६ करोड ४६ लाख १० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले एक अर्ब ८५ करोड ३८ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्तसम्ममा नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा तीन अर्ब १९ करोड ६७ लाख ३१ हजार राखेको छ । यो अवधिमा ८० अर्ब ३५ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकको बैंकको कर्जा लगानी ८० अर्ब ९१ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.४५ प्रतिशतमा झरेको छ । बैंकको सिसिडि रेसियो ७६.५४ प्रतिशत, पुँजीकोष अनुपात १३.२३ प्रतिशत, कोषको लागत ७.६५ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.११ प्रतिशत र आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी २६.८६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५८.४१ रुपैयाँ र मुल्य आम्दानी अनुपात ९.६८ गुणा रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्ड बैंकले एक अर्ब २२ करोड ६९ लाख १३ हजार खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा ७.१२ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब तीन करोड सात लाख ७६ हजार रहेको छ ।

बैंकले एक अर्ब ८३ करोड ७० लाख ३१ हजार खुद ब्याज आम्दानी गरेको छ भने एक अर्ब ७५ करोड २७ लाख संचालन मुनाफा आर्जन गरेको छ । आठ अर्ब एक करोड १४ लाख ३१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा पाँच अर्ब नौ करोड ९० लाख ७२ हजार रहेको छ । बैंकले ८० अर्ब ५४ करोड सात लाख निक्षेप संकलन गरेर ५४ अर्ब २९ करोड ३१ लाख कर्जा लगानी गरेको छ ।

बैंकको पुँजीकोष २२.०३ प्रतिशबाट घटेर १६.०८ प्रतिशत कायम भएको छ भने सिसिडि रेसियो ७८.५६ प्रतिशत, खराब कर्जा ०.१७ प्रतिशत, कोषको लागत ४.७७ प्रतिशत, आधार ब्याजदर ७.३३ प्रतिशत र स्प्रेड रेट ५ं.९३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ३०.६३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७९.०३ रुपैयाँ र मुल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ ।

सानिमा बैंक
सानिमा बैंकले एक अर्ब १४ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८४ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ९५ करोड ९ लाख २२ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १३.५४ प्रतिशतले बढेर दुई अर्ब १६ करोड ८० लाख रुपैयाँ पुगेको छ भने एक अर्ब ६२ करोड ३८ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्तसम्ममा आठ अर्ब ८० करोड १३ लाख ८० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा दुई अर्ब ४२ करोड दुई लाख ५० हजार रुपैयाँ राखेको छ । ९९ अर्ब ३० करोड पाँच लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा बढेर ०.४१ प्रतिशत पुगेको छ । बैंकको सिसिडि रेसियो ७८.०५ प्रतिशत, पुँजीकोष अनुपात १२.७८ प्रतिशत, कोषको लागत ७.३३ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.०४ प्रतिशत र आधार ब्याजदर ९.२९ प्रतिशत रहेको छ । यस्तै बैंकको प्रतिशेयर आम्दानी २६.१५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३९.०६ रुपैयाँ र मुल्य आम्दानी अनुपात १३.१२ गुणा रहेको छ ।

प्रभु बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.२२ प्रतिशतले मात्रै बढेको छ । बैंकले एक अर्ब आठ करोड ५७ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा एक अर्ब तीन करोड ३० लाख ८७ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ४५ करोड ७२ लाख रुपैयाँ र संचालन मुनाफा एक अर्ब ५० करोड ४२ लाख रुपैयाँ रहेको छ । पुष मसान्त सम्ममा १० अर्ब ३१ करोड ५५ लाख सात हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा तीन अर्ब ८५ करोड ४९ लाख ३१ हजार रुपैयाँ राखेको छ । यो अवधिमा एक खर्ब पाँच अर्ब ४८ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा बढेर ३.१२ प्रतिशत पुगेको छ । बैंकको सिसिडि रेसियो ७४.७० प्रतिशत, पुँजीकोष अनुपात ११.९० प्रतिशत, कोषको लागत ६.२९ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.८३ प्रतिशत र आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी २२.१२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४७.६१ रुपैयाँ र मुल्य आम्दानी अनुपात १०.८० गुणा रहेको छ ।

सिद्धार्थ बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा चार करोडले घटेको छ । बैंकले एक अर्ब दुई करोड ६५ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५७ करोड ४९ लाख २५ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी २१.१९ प्रतिशतले बढेर दुई अर्ब ७७ करोड ३८ लाख रुपैयाँ आर्जन भएको छ भने संचालन मुनाफा घटेर एक अर्ब ५२ करोड ६ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्तसम्ममा नौ अर्ब ७८ करोड ७७ लाख ६८ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा तीन अर्ब ८५ करोड ८४ लाख ९४ हजार रुपैयाँ राखेको छ । बैंकले एक खर्ब २६ अर्ब ५४ करोड ५० लाख निक्षेप संकलन गरेर एक खर्ब १८ अर्ब ३६ करोड ४२ लाख कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.५५ प्रतिशतमा झरेको छ । बैंकको सिसिडि रेसियो ७८.४१ प्रतिशत, पुँजीकोष अनुपात १२.८६ प्रतिशत, कोषको लागत ७.२७ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१७ प्रतिशत र आधार ब्याजदर १०.०४ प्रतिशत रहेको छ । यस्तै बैंकको प्रतिशेयर आम्दानी २१.५७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५०.७२ रुपैयाँ र मुल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले एक अर्ब सात लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा घटेको हो । बैंकको वितरणयोग्य मुनाफा ७३ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

बैंकले दुई अर्ब १० करोड खुद व्याज आम्दानी गरेको छ भने एक अर्ब ४१ करोड संचालन मुनाफा आर्जन गरेको छ । आठ अर्ब ४४ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकले जगेडाकोषमा चार अर्ब १० करोड राखेको छ । यो अवधिमा एक खर्ब चार अर्ब निक्षेप संकलन गरेको बैंकले ९४ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.१७ प्रतिशतका झरेको छ । बैंकको सिसिडी रेसियो ७७.५० प्रतिशत, पुँजीकोष १२.९८ प्रतिशत, कोषको लागत ७.०९ प्रतिशत, आधार व्याजदर ९.९४ प्रतिशत र स्प्रेड रेट ५.२२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २३.९६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६८.४० रुपैयाँ र पीई रेसियो १६.८४ गुणा रहेको छ ।

सनराइज बैंक
सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ९४ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोडले बढी हो । बैंकको वितरणयोग्य नाफा ५१ करोड ९० लाख रुपैयाँ रहेको छ ।

बैंकले दुई अर्ब चार करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने संचालन मुनाफा दुई अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेको छ । पुष मसान्तसम्ममा आठ अर्ब ९६ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकले जगेडा कोषमा दुई अर्ब ९३ करोड रुपैयाँ राखेको छ । यो अवधिमा ८२ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा १.६९ प्रतिशत भएको बैंकको सिसिडि रेसियो ७४.५४ प्रतिशत, पुँजीकोष अनुपात १५.१४ प्रतिशत, कोषको लागत ७.१४ प्रतिशत, स्प्रेड रेट ५.१४ प्रतिशत र बेस रेट ९.९९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २१.०६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४२.२६ रुपैयाँ र मुल्य आम्दानी अनुपात ११.२१ गुणा रहेको छ ।

लक्ष्मी बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी बैंकले ९० करोड ३० लाख २९ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफा २४.७६ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा ५९ करोड १८ लाख ४४ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १९.९५ प्रतिशतले बढेर एक अर्ब ७४ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने एक अर्ब २९ करोड ४१ लाख संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्त सम्ममा नौ अर्ब ८१ करोड २५ लाख ६० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा दुई अर्ब ३० करोड ४२ लाख ४१ हजार रुपैयाँ राखेको छ । यो अवधिमा ८८ अर्ब २३ करोड आठ लाख रुपैयाँ मात्रै निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ८५ अर्ब पाँच करोड २६ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ०.८८ प्रतिशतमा झरेको छ । बैंकको सिसिडि रेसियो ७८.३५ प्रतिशत, पुँजीकोष अनुपात १३.१७ प्रतिशत, कोषको लागत ७.२१ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.२३ प्रतिशत र आधार ब्याजदर १०.०९ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १८.४१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३३.९० रुपैयाँ र मुल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ ।

बैंक अफ काठमाण्डू
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डुले ८८ करोड ३८ लाख १७ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षो सोहि अवधिको भन्दा १९.८३ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य मुनाफा भने ५९ करोड ८२ लाख ४७ हजार रहेको छ ।

बैंकले एक अर्ब ९३ करोड २७ लाख ९० हजार खुद ब्याज आम्दानी गरेको छ भने एक अर्ब २६ करोड २६ लाख संचालन मुनाफा आर्जन गरेको छ । आठ अर्ब ४७ करोड ६८ लाख ८७ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा चार अर्ब ५१ करोड २७ लाख ७१ हजार रहेको छ । बैंकले ८९ अर्ब २० करोड ७३ लाख निक्षेप संकलन गरेर ७६ अर्ब ८९ करोड २७ लाख कर्जा लगानी गरेको छ ।

बैंकको पुँजीकोष १४.६१ प्रतिशबाट घटेर १३.८० प्रतिशत कायम भएको छ भने सिसिडि रेसियो ७६.२३ प्रतिशत, खराब कर्जा १.५४ प्रतिशत, कोषको लागत ७.३६ प्रतिशत, आधार ब्याजदर ९.९९ प्रतिशत र स्प्रेड रेट ५.०३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २०.६८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५९.८५ रुपैयाँ र मुल्य आम्दानी अनुपात ११.१२ गुणा रहेको छ ।

माछापूच्छ्रे बैंक
माछापूच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार करोडले बढी हो । बैंकको वितरणयोग्य नाफा भने ६० करोड ६३ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकले एक अर्ब ९८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने एक अर्ब २३ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । चुक्तापुँजी आठ अर्ब ४५ करोड रुपैयाँ भएको बैंकले जगेडाकोषमा दुई अर्ब पाँच करोड रुपैयाँ राखेको छ । बैंकले ९७ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा ०.४५ प्रतिशत पुगेको बैंकको सिसिडी रेसियो ७८.७२ प्रतित, पुँजीकोष अनुपात १३.४८ प्रतिशत, कोषको लागत ७.६४ प्रतिशत, स्प्रेड रेट ५.२४ प्रतिशत र बेस रेट १०.२६ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १९.३७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३१.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ ।

नेपाल बंगलादेश बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बंगलादेश बंैकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८२ प्रतिशतले बढेर ८० करोड ७७ लाख ७८ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी एक अर्ब ३५ करोड ५२ लाख रुपैयाँ रहेको छ भने संचालन मुनाफा एक अर्ब १२ करोड ७० लाख रुपैयाँ रहेको छ । पुष मसान्त सम्ममा आठ अर्ब आठ करोड ८२ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा तीन अर्ब ६८ करोड १३ लाख ७७ हजार रुपैयाँ राखेको छ । ६३ अर्ब १२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ५७ अर्ब ९३ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा बढेर १.९२ प्रतिशत पुगेको छ । बैंकको सिसिडि रेसियो ७२.९५ प्रतिशत, पुँजीकोष अनुपात १२.९५ प्रतिशत रहेको बैंकको कोषको लागत ७.३६ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.८ प्रतिशत र आधार ब्याजदर ९.९२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १९.९७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५६.४२ रुपैयाँ र मुल्य आम्दानी अनुपात १०.१६ गुणा रहेको छ ।

कुमारी बैंक
कुमारी बैंकले गत आर्थिक वर्षको तुलनामा साढे १९ प्रतिशत वृद्धि गर्दै चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य नाफा भने ६५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकले एक अर्ब ८२ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने संचालन नाफा एक अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । चुक्तापुँजी नौ अर्ब ५५ करोड रहेको बैंकले जगेडाकोषमा दुई अर्ब २४ करोड रुपैयाँ राखेको छ । पुस मसान्तसम्ममा ८० अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८० अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा १.०४ प्रतिशतमा झार्न सफल भएको बैंकको सिसिडि रेसियो ७८.६१ प्रतिशत, पुँजीकोष अनुपात ११.५२ प्रतिशत, कोषको लागत ७.५० प्रतिशत, स्प्रेड रेट ४.३७ प्रतिशत र बेस रेट १०.४५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १६.७६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३०.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.३० गुणा रहेको छ ।

एनसीसी बैंक
एनसीसी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ७५ करोड ६३ लाख ४८ हजार खुद मुनाफा आर्जन गरेको छ,जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा २.२३ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य मुनाफा भने ५२ करोड ५२ लाख ६० हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६५ करोड ५४ लाख रहेको छ भने संचालन मुनाफा एक अर्ब पाँच करोड ९४ लाख रहेको छ । पुष मसान्त सम्ममा आठ अर्ब १३ करोड ३८ लाख ४१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा दुई अर्ब ५८ करोड २२ लाख २० हजार राखेको छ । ६३ अर्ब ६१ करोड ७३ लाख निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ६४ अर्ब ८९ करोड ५९ लाख रहेको छ ।

खराब कर्जा चालु आर्थिक वर्षमा घटेर २.८२ प्रतिशत कायम भएको छ । बैंकको सिसिडि रेसियो ७६.६० प्रतिशत, पुँजीकोष अनुपात १३.२० प्रतिशत रहेको बैंकको कोषको लागत ७.५ प्रतिशत, ब्याजदर अन्तर ५.१८ प्रतिशत र आधार ब्याजदर १०.५८ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी १८.६० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५६.१८ रुपैयाँ र मुल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ ।

सिटिजन्स बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स बैंकको नाफा आठ करोड २६ लाख ४४ हजार रुपैयाँले घटेको छ । बैंकले ६८ करोड ७७ लाख एक हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ६२ करोड १० लाख ५९ हजार रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी घटेर एक अर्ब ४३ करोड ७९ लाख ९९ हजार रुपैयाँ आर्जन भएको छ भने ९५ करोड ५९ लाख ७९ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । पुष मसान्तसम्ममा आठ अर्ब ६२ करोड २१ लाख ९६ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा दुई अर्ब ८८ करोड ३१ लाख ९५ हजार रुपैयाँ राखेको छ । बैंकले ७५ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ६९ अर्ब नौ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा ०.९९ प्रतिशत रहेको बैंकको सिसिडि रेसियो ७८.८६ प्रतिशत, पुँजीकोष अनुपात १२.७८ प्रतिशत, कोषको लागत ७.९४ प्रतिशत, आधार ब्याजदर १०.७९ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.३२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १५.९५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४१.१३ रुपैयाँ रहेको छ ।

सिभिल बैंक
चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा सिभिल बैंकले ३१ करोड ६० लाख खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा १५ प्रतिशतले कम हो । बैंकको वितरणयोग्य मुनाफा भने १३ करोड ११ लाख रुपैयाँ रहेको छ ।

एक अर्ब १९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको संचालन मुनाफा एक अर्ब २७ करोड रुपैयाँ पुगेको छ । पुष मसान्तसम्ममा आठ अर्ब ३३ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकले जगेडाकोषमा एक अर्ब ६० करोड ९० लाख ९० हजार रुपैयाँ राखेको छ । यो अवधिमा ४७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४७ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर २.६९ प्रतिशत कायम भएको छ । बैंकको सिसिडि रेसियो ७७.४६ प्रतिशत, पुँजीकोष १५.९२ प्रतिशत, कोष लागत ८.१९ प्रतिशत आधार व्याजदर १०.९८ प्रतिशत र स्प्रेड रेट ४.९० प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ७.९० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२४.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.७२ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.