February 11th, 2020

एन आई सी एशिया बैंकद्वारा भ्यालेन्टाइनडेमा MoBank प्रयोगकर्तालाई सोल्टीमा निशुल्क डिनर अफर

बैंकिङ खबर । एन आई सी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग MoBank मार्फत कारोबार गर्ने ग्राहकहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ । जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एन आई सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप MoBank कारोबार गर्ने २० भाग्यमानी ग्राहकहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् । यस बैंकको मोबाईल बैंकिङ्ग MoBank मार्फत कुनै पनि भुक्तानी जस्तै QR payment, बिजुली बिल भुत्तानी, mयदष्भि तयउ(गउ लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्ने ग्राहकहरुलाई फोनमार्फत जानकारी दिनेछ । डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनेछन् ।

बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ ।
बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ । साथै बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न cash back अफर नियमित रुपमा दिइरहेको छ । यस बैंकको MoBank मार्फत NTC/NCELL top up गर्दा ३ प्रतिशत cash back तथा हरेक बुधबार Daraz.com बाट सामान खरिद गर्दा १० प्रतिशत वा रु. ५०० सम्मको cash back, हरेक शुक्रबार happy hour मा एपमार्फत भुक्तानी गर्दा अधिकतम रु. १०० सम्म cash back र Samsung Galaxy S10+ तथा Note 10+ खरिद गर्दा अधिकतम रु. ३,००० सम्मको छुट दिने व्यवस्था बैंकले ल्याएको छ ।

हाल यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ५१ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।