बैंकिङ खबर । प्राइम कमर्सियल बैंकले तीन अर्ब ५० करोड रुपयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले बिक्रि प्रबन्धक चयन गरेको छ ।
बैंकले जम्मा ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा २१ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) र १४ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुने छ । आठ बर्षको समयवधिमा रहेको ऋणपत्रमा लगानीकर्ताले १०.५ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ ।