Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बीओकेले एकै साथ सुरु गर्यो ८ वटा शाखारहित बैंकिङ सेवा

admin २०७३ असार १७ गते
सेयर:

bokबैंक अफ काठमाण्डू लिमिटेडले एकै साथ ८ वटा स्थानहरुबाट शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यसरी शाखारहित बैकिङ्ग सेवा सुरु गरिएका स्थानहरुमा कैलाली जिल्लाको प्रतापपुर–२, प्यूठान जिल्लाको  बाङ्गेसाल–७ र ढुङ्गेगढी–३, दाङ्गजिल्लाको सिसनीया –०५, बर्दियाजिल्लाको पाताभार–९ र मनाउ–५, नवलपरासी जिल्लाको तिलकपुर–६ र रुपन्देही जिल्लाको सिक्टन–६ रहेका छन् । उपरोक्त स्थानहरुमा खोलिएका शाखारहित बैकिङ्ग सेवाको समुद्घाटन विभिन्न कार्यक्रमको आयोजनामा गरिएको थियो ।

बैंकले यी ८ स्थानहरु बाहेक विभिन्न थप स्थानहरुमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । हालसम्म बैंकले ३३ स्थानहरुबाट शाखारहित बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । युकेएडअन्तर्गत सक्षम कार्यक्रमले आफ्नो वित्तीय पहुंच कार्यक्रमअन्तर्गत सर्वसाधारणलाई बैंकिङ्ग कारोबारमा सहभागी गराउने उद्देश्यले बैंक अफ काठमाण्डू लि. को सक्रियतामा २४ वटा विभिन्न ठाउँमा शाखा रहित सेवा केन्द्रको स्थापना गर्न सहयोग गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।