वित्तीय क्षेत्रमा एसिस्टेन्टदेखि डेपुटी सीईओसम्मको माग

बैंकिङ खबर । वित्तीय क्षेत्रमा ठूलो संख्यामा भ्याकेन्सी खुलिरहेको छ । अनुभव भएकालाई मात्रै हैन अनुभव नभएका र अनुभव प्राप्त गर्न चाहनेहरुको पनि माग भइरहेको छ । त्यस्तै, एसएलसी उतीर्णदेखि स्नातकोत्तर उतीर्णसम्मको माग वित्तीय क्षेत्रमा भइरहेको छ । लघुवित्त वित्तीय संस्था, बीमा कम्पनी, वाणिज्य बैंक लगायतमा सयौँ कर्मचारी मागिएको छ ।

सबैको लघुवित्तले केही शाखा प्रमुख, सहायक र कनिष्ठ सहायक मागेको छ । तीन वटै पदका लागि प्लस दुई उतीर्ण भए पुग्छ । शाखा प्रबन्धक र सहायकका लागि दुई वर्षको अनुभव मागिएको छ । कनिष्ठ सहायक (प्रशिक्षार्थी)का लागि भने अनुभव मागिएको छैन । आवेदन दिने म्याद फागुन ८ गतेसम्म रहेको छ ।

क वर्गकै बैंकले पनि प्रशिक्षार्थी कर्मचारी खोजेको छ । नविल बैंकले ५० जना प्रशिक्षार्थी सहायक मागेको छ । स्नातक उतीर्ण र २५ वर्षभन्दा कम उमेरका उम्मेदवारले आवेदन दिन सक्नेछन् । वाणिज्य बैंकमा काम गरेको अनुभव बटुल्ने यो महत्वपूर्ण अवसर हो । आवेदन दिने म्याद १९ फेब्रुअरीसम्म छ ।

प्राइम लाइफ इन्स्योरेन्सको केही संख्यामा शाखा प्रबन्धक र सबब्रान्च इन्चार्ज मागेको छ । कम्पनीले मार्केटिङमा स्नातक वा स्नातकोत्तर गरेको कर्मचारीलाई ब्रान्च मेनेजर र प्लस दुई वा स्नातक उतीर्णलाई सबब्रान्च मेनेजरमा नियुक्त गर्न खोजेको छ । एक्स्पिरियन्लाई अनिवार्य बनाइएको छैन तर भएकालाई प्राथमिकता दिने खुलाइएको छ । आवेदन दिने म्याद फागुन ८ गतेसम्म रहेको छ ।

सेञ्चुरी बैंकले नियुक्त गर्ने शाखा नै तोकेर १।१ जना डेपुटी मेनेजर, सिनियर अफिसर(प्राभिन्स हेड), सिनियर अफिसर (ब्रान्च मेनेजर), अफिसर र एसिस्टेन्ट अफिसर मागेको छ । त्यस्तै, केही संख्यामा एसिस्टेन्ट मेनेजर, सिनियर अफिसर(विभिन्न डिपार्टमेन्टमा लागि), अफिसर(विभिन्न डिपार्टमेन्टका लागि), एसिस्टेन्ट अफिसर (विभिन्न डिपार्टमेन्टका लागि), सुपरभाइजर र सिनियर एसिस्टेन्टसम्म मागेको छ । डेपुटी र एसिस्टेन्ट मेनेजरका लागि सात वर्ष, सिनियर अफिसरका लागि पाँच वर्ष, अफिसर र सुपरभाइजरका लागि तीन वर्ष तथा सिनियर एसिस्टेन्टका लागि दुई वर्ष अनुभव मागिएको छ । आवेदन दिने म्याद ११ फेब्रुअरीसम्म रहेको छ ।

सिद्धार्थ बैंकले माइक्रो बैंकिङ र ब्रान्चलेस बैंकिङ डिपार्टमेन्टका लागि जुनियर अफिसर, सिनियर एसिस्टेन्ट र एसिस्टेन्ट लेभलका कर्मचारी मागेको छ । तीन वटै पदका लागि स्नातक उतीर्ण हुनुपर्छ र क्रमशः दुई वर्ष, डेढ वर्ष र एक वर्षको कार्यानुभव हुनुपर्छ । आवेदन दिने म्याद १७ फेब्रुअरीसम्म छ ।

सनराइज बैंकले तीन जना प्रोभिन्स हेड (१० वर्ष अनुभव), एक जना इन्टर्नल अडिट हेड (पाँच वर्ष अनुभव), केही संख्याका इन्टर्नर अडिट(जुनियर अफिसर वा सुपरभाइजर लेभल एक वर्षका् अनुभव), एक जना आइटी डिपार्ट मेनेजर(पाँच वर्ष अनुभव), केही संख्यामा शाखा प्रबन्धकहरु र रिलेसनसिप मेनेजरहरु (चार वर्ष अनुभव) मागिएको छ । आवेदन दिने म्याद १२ फेब्रुअरीसम्म रहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न १०० वटा स्थानका लागि ४५ जना सेल्स एक्जिक्युटिभ÷ब्रान्च इन्चार्ज(एक वर्ष अनुभव), दुई जना फाइनान्स एण्ड कम्प्लायन्स अफिसर(दुई वर्ष अनुभव) र ४५ जना सेल्स एसिस्टेन्ट मागेको छ । सेल्स एसिस्टेन्टका लागि प्लस दुई उतीर्ण भए पुग्छ भने अनुभव चाहिँदैन । आवेदन दिने म्याद माघ ३० गतेसम्म रहेको छ ।

सहायक लघुवित्तले एक जना सहायक महाप्रबन्धक मागेको छ । स्नातकोत्तर उतीर्ण र वित्तीय संस्थामा १० वर्ष काम गरेको अनुभव भएको व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ । १५०० रुपैयाँ दस्तुर लाग्छ । आवेदन दिने म्याद फागुन ५ गतेसम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *