February 5th, 2020

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा थापा र मानन्धर

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विश्रुत थापा र रामबहादुर मानन्धरलाई कायम मुकायम कार्यकारी निर्देशकमा बढुवा गरेको छ ।
यसअघि सुपरिवेक्षण विभागको निर्देशकको जिम्मा पाएका थापाले अहिले मुद्रा ब्यवस्थापन विभागको काम सम्हाल्ने भएका छन् भने विकास बैंक सुपरिवेक्षण विभागको निर्देशकका रुपमा रहेका मानन्धरले संस्थागत योजना विभागको जिम्मेवारी पाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]