January 14th, 2020

कामना सेवा र नेपाल क्लियरिङ्ग हाउस बीच आर.टि.जि.एस. सम्झौता

बैंकिङ खबर । ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच आर.टि.जि.एस. (RTGS) सम्झौता सम्पन्न भएको छ ।

नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले IPS/Connect IPS सुविधा अन्र्तगत आर.टि.जि.एस. (RTGS) सुविधा प्राप्त गर्न सक्ने छन्, जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ । यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आर.टि.जि.एस. (RTGS) सम्झौता गरिसकेको छ ।

यस बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]