January 14th, 2020

गण्डकी विकास बैंकको १७.३२ प्रतिशत लाभांश पारित

बैंकिङ खबर । पोखरामा केन्द्रीय कार्यालय भएको गण्डकी विकास बैंक लिमिटेडको वाह्रौ वार्षिक साभारण सभा सम्पन्न भएको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको चुक्ता पूँजीको १७.३२ प्रतिशत अर्थात रु. ४७ करोड ६३ लाख कर समेतको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त साधारण सभाले सञ्चालक समितिको आ.व. २०७५ /७६ को प्रतिवेदन, नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव लगायत आ.व. २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को  Best Managed Development Bank को अवार्डबाट पुरस्कृत विकास बैंकको कुल चुक्तापूँजी रु २ अर्व ७५ करोड रहेको छ भने २०७६ मंसिर मसान्त सम्ममा कुल निक्षेप रु.३२ अर्व ९७ करोड संकलन गरी रु.२६ अर्व ८६ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । हाल बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा ATM वाट सेवा प्रदान गर्दै आएकोछ । निकट भविश्यमा बैंकले विभिन्न स्थानमा गरी थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेकोले कूल शाखा संख्या ९५ पुग्नेछ ।
यस बैंकलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाहरुको विचमा समझदारी पत्रमा हस्ताक्षर भई प्राप्ती सम्बन्धी प्रक्रिया अघि वढेको छ । मेगा बैंक नेपालले यस बैंकलाई प्राप्ती गरे पश्चात बन्ने एकिकृत बैंक अझ सवल, सक्षम र अग्रणी बंैक वन्न सफल हुनुका साथै यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन, संरक्षण र उच्च प्रतिफल दिन सफल हुने विश्वास लिइएको छ ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]