कञ्चन डेभलपमेन्ट बैंकको दशौं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको “सुदुरपश्चिम को आर्थिक बिकासको सहयात्री” कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा होटेल ओपेरामा सञ्चालक समितीका अध्यक्ष शिव सिंह कार्कीको सभापतित्वमा सम्पन्न भएको छ । सभाको सञ्चालन प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव विरुराम जैशीले गर्नु भएको थियो । कार्यक्रममा स्वागत भाषण सञ्चालक हिक्मत बहादुर शाह ले गर्नु भएको थियो । अध्यक्ष शिव सिंह कार्कीले पेश गर्नु भएको आ.ब. २०७५/०७६ को सञ्चालक समितिको बार्षिक प्रतिवेदनमा बैंकको कारोबारको संक्षिप्त विवरण र स्थिती, निक्षेप, कर्जा योजना लगायत भावि कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । बैंकले आ.ब. २०७५/०७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत लाभांस बाड्ने प्रस्ताव रहेको बित्तीय विवरण समेत साधारण सभाबाट पारित गरिएको थियो ।
कार्यक्रमको मध्यमा क्रमशः दिवान चन्द, पुर्ण वहादुर चन्द र पुर्व सञ्चालकहरु जंग बहादुर चन्द, कृष्ण प्रसाद पाठक, भानुभक्त जोशी र शेयरधनीको तर्फवाट तीर्थराज चटौतले आ–आफ्नो भनाई राख्नु भएको थियो । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिले १० औ बार्षिक साधारण सभामा पेश गरेका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतीवाट पारित भएका छन ।
सञ्चालक विष्णु सिंह विष्टले आफ्नो भनाई राख्नुका साथै उपस्थित सम्पुर्ण शेयरधनीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सञ्चालक खगेश्वर वोहराले बैंकको गतीविधिहरुका साथै भावी कार्यक्रमका बारेमा प्रकाश पार्नु भयो । यसका साथै दशौं वार्षिक साधारण सभाका अध्यक्ष शिव सिंह कार्कीले बैंकले शेयरधनी, ग्राहक, कर्मचारीहरुको सन्तुष्टिलाई मध्यविन्दुमा राखि नियमकारी निकायले दिएको निर्देशनको अधिनमा रही बैंकले वित्तीय कारोबार जनताको घरदैलो सम्म पुर्याउने गरी बैंकले आगामी दिनमा काम गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.