
बैंकिङ खबर । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको कमलाक्षीमा शाखा कार्यालय विस्तार गरेको छ । यो शाखा समेत गरी बैंकको मुलुक भरी ९२ स्थानमा शाखा सञ्जाल विस्तार भएको छ । न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को Best Managed Development Bank को अवार्डबाट पुरस्कृत विकास बैंकको कुल चुक्तापूँजी रु २ अर्व ७५ करोड रहेको छ भने यहि मंसिर मसान्त सम्ममा कुल निक्षेप रु.३२ अर्व ९७ करोड संकलन गरी रु.२६ अर्व ८६ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । हाल बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा आफ्नै ATM वाट सेवा प्रदान गर्दै आएको छ । निकट भविश्यमा थप ३ बटा शाखाहरु थपी कुल ९५ वटा शाखा सञ्जालवाट सेवा प्रवाह हुने बैंकले जनाएको छ । बैंकले गत आ.ब.को मुनाफाबाट १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई सकेको छ भने पौष मसान्तमा सम्पन्न हुन लागेको बाह्रौ वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।
पूर्व ताप्लेजुङ्गको फुङ्ग्लिङ्ग देखि पश्चिमको महेन्द्रनगरसम्म तथा तराई एवं हिमालपारीका जिल्लाहरु मुस्ताङ्ग ,मनाङ्ग तथा जुम्लामा समेत बैंकका शाखा सञ्जाल फैलिएको यस बैंकले निकट भविश्वमा ३ वटा शाखा कार्यालयहरु विस्तार गर्दैछ । बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दै विभिन्न प्रकारका बचत एवं मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ भने कर्जा तर्फ पनि विभिन्न बर्गहरुलाई लक्षित गर्दै आवास कर्जा , अटो लोन, ओभरड्राफ्ट कर्जा , आवधिक कर्जा , विपन्न बर्ग कर्जा , सुन कर्जा प्रवाह गर्दै आउनुका साथै बैंकले ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा समेत प्रदान गरेको छ । ATM सेवा , मोवाइल बैंकिङ्ग सेवा , SMS बैंकिङ्ग सेवा, चेक क्लियरिङ्ग सेवा, ABBS बैकिङ्ग सेवा, लकर सेवा समेत प्रदान गर्दै आएको छ ।
मेगा बैंक नेपाल लिमिटेडसंग गत आश्विनमा मर्जर/प्राप्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन गर्ने र सवै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।