January 9th, 2020

एन आई सी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा


बैंकिङ खबर । आफ्ना ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले आधुनिक र प्रतिस्पर्र्धी सेवा दिने क्रममा विगत वि.सं. २०७१ साल देखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
यस बैंकका ग्राहकहरुलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एन आई सी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन र २४ सै घण्टा सम्पर्कमा रहीे ग्राहकहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ । यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नेछन् ।

यस सेवाको माध्यमबाट ग्राहकहरुले बैंकलाई दिने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहकहरुमा बिशेष लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।
हाल यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]