बैंकिङ खबर । कामना सेवाविकास बैंक लिमिटेड रएम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सप्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अनुसार एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा. लि.मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा FOTON ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिनसक्नेछन् । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल प्रा. लि.को तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गर्नुभएको थियो ।
यस बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBAलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
