December 25th, 2019

राष्ट्र बैंकको एकीकृत निर्देशनमा संशोधन : उत्पादनमूलक क्षेत्रमा लगानी नगर्नेलाई कारबाही

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले तोकिएको समयमा नै उत्पादनमूलक क्षेत्रमा तोकिएको कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले तोकिएको क्षेत्रमा लगानी भए नभएको अनुगमन गर्ने र नगर्नेलाई हर्जाना तिराउने जनाएको छ । हर्जना स्वरुप राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसकेको रकम लिने भएको छ ।

राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत निर्यात जन्य उद्योग, सिमेन्ट, गामेन्ट, औषधी र साना तथा मझौला उद्योगलाई पनि समावेश गरेको छ ।mसअघि राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र भनेर कृषि, जलविद्युत, पर्यटनलाई मात्र तोकेको थियो ।

राष्ट्र बैंकले सिमेन्ट, गार्मेन्ट, औषधी र साना तथा मझौला उद्योगमा २०७७ असार मसान्तसम्म १५ प्रतिशत कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । कृषि क्षेत्रमा १० प्रतिशत र अन्य प्राथमिकता प्राप्त क्षेत्रमा १५ प्रतिशत कर्जा २०७७ असार मसान्तसम्ममा प्रवाह गर्नुपर्ने छ ।

मर्जरमा जाने बैंकलाई भने राष्ट्र बैंकले केही सहुलियत दिएको छ । मर्जरमा संलग्न रहेका वाणिज्य बैंकले प्राथमीकताप्राप्त क्षेत्रमा कर्जा सीमा पुर्याउने म्याद २०७८ असार मसान्तसम्म पुर्याइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]