Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एन आई सी एशिया बैंकको Interactive Voice Response (IVR) सेवा सञ्चालनमा

२०७६ पुष ६ गते

बैंकिङ खबर । एन आई सी एशिया बैंक लिमिटेडले ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले IVR (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

ग्राहकवर्गले IVR सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, IVR पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्नेछन् । IVR सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहकहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा IVR सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया SMS वा फोन कल दुबै माध्यमबाट गर्न सकिनेछ ।

ग्राहकहरुले SMS द्धारा IVR दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।
सर्वप्रथम दर्ता गर्नका लागि IVR इस्पेस आफ्नो खाता नम्बर (IVR<space>Account Number) टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । SMS पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात IVR सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सकिनेछ । ग्राहक महानुभावहरुले फोन कलद्धारा IVR दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।

IVR सेवा प्रयोग गर्नका लागि ग्राहकहरुले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट बैंकको IVR नम्बर ०१–५९७०१०० मा डायल गरिसकेपछि ग्राहकहरुको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सकिनेछ ।

IVR सेवाको प्रयोगबाट ग्राहकहरुले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नेछन् । जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सकिनेछ ।
हाल यस बैंककोे मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

Ad