June 28th, 2016

अल्पाइन डेभलपमेन्ट बैंकका शेयरधनीलाई २३ प्रतिशत बोनस

alpineअल्पाइन डेभलपमेण्ट बैंकले लगानीकर्तालाई २३ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको ११२ औं बैठकले लगानीकर्तालाई  हाल कायम चुक्ता पूँजीको २३ प्रतिशतका दरले बोनश शेयर दिने प्रस्ताव गरेको हो । सो प्रस्ताव बैंकको आगामी साउन ८ गते बस्ने आठौं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ । 

साधारणसभा होटल एभोकाडो, हेटौंडामा हुँदैछ । सो सभा प्रयोजनको लागि कम्पनीको शेयर दर्ता पुस्तिका असार २१ गतेदेखि साउन ८ गतेसम्म बन्द रहने बताइएको छ ।

alpine