Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२० करोडको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै राष्ट्र बैंक, केके छन् सुविधा ?

२०७६ मंसिर २९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८१ जारी गर्ने भएको छ । पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुलाई आवेदन दिन आह्वान गरिएको छ ।

कसले पाउँछ किन्न ?
मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ४ महिना नपुगेको व्यक्तिले यो बचतपत्र किन्न पाउँछन् । विदेशमा हुनेले बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न पाउँछन् ।

केके छ सुविधा ?
१० प्रतिशत ब्याजदर रहेको बचतपत्रको व्याज हरेक छ महिनामा भुक्तानी गरिन्छ भने पाँच वर्षमा सावाँ पनि फिर्ता पाइन्छ । साथै, चाहेको समयमा बिक्री गर्न वा धितो खारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिने सुविधा छ ।

कहाँ दिने आवेदन ?
सिटिजन्स बैंक कमलादी, नबिल बैंक तिनधारा दरबारमार्ग, माछापुच्छे« बैंक लाजिम्पाट, प्रभु बैंक अनामनगर, सनराइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरबाट आवेदन दिन सकिन्छ ।