महालक्ष्मी स्पोर्टस डे सम्पन्न


बैंकिङ खबर । महालक्ष्मी विकास बैंक मीड रिजन अन्तर्गत भैरहवा क्लस्टरका ११ शाखा बिच स्पोर्टस डे सम्पन्न भएको छ । भैरहवा सिद्धार्थ रंगशालामा सम्पन्न स्पोर्डस डेमा, ११ शाखाका ६५ जना कर्मचारीको सहभागिता रहेको थियो । स्पोर्टस डे मा क्रिकेट, टग अफ वार, स्पुन रेस र म्यूजिकल चियर गरी जम्मा चार खेलमा प्रत्स्पिर्धा रहेको थियो । उक्त कार्यक्रमले विभिन्न शाखाका कर्मचारीका बिचमा आपसी सम्बन्ध प्रगाढ बनाउनुका साथै संस्थाप्रति थप उत्तरदायी बनाउन सहयोग गरेको महालक्ष्मी विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले बताउनु भयो । साथै कर्मचारीको चौतर्फी बिकास का लागि यस्ता कार्यक्रमले थप सहयोग पुर्याउने बैंककी तालिम तथा विकास विभागकी प्रमुख बन्दना शर्मा सिवाकोटीले बताउनु भयो ।