
बैंकिङ खबर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, महेन्द्रनगर बजारमा प्रधान कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकको यही १९ गते बिहिबार बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुलाई १७ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेसँगै यस्तो निर्णय गरेको हो ।
बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ७ प्रतिशत नगद गरि कुल १७ प्रतिशत लांभश प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड १३ लाख रहेको छ । प्रस्तावित लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने जनाइएको छ ।
