महालक्ष्मी विकास बेैंकद्धारा सोनाम तामाङ सम्मानित

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग, सुकुटे बिचमा बस दुर्घटना भई सुनकोशी नदिमा खस्दा दर्जनौ यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (र्याफ्टिङ गाइड) लाई उनको साहासीक कार्यको कदर गर्दै रु. पन्ध्र हजार रुपैँया सहित सम्मान गरेको छ । मागा देउराली देखी काठमाण्डौंका लागि छुटेको बस सुकुटे बिचमा दुर्घटाना भएको थियो । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने छ भन्ने हेतुले बैंकले सम्मान गरेको थियो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.