एन आई सी एशिया बैंककोे काउण्टर अब कपिलवस्तुको कृष्णनगरमा

बैंकिङ खबर । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि विस्तारित काउण्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा कृष्णनगर विस्तारित काउण्टर संचालनमा ल्याएको छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगरमा विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको समुद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गर्नुभयो ।

उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

हाल यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९८ एटिएम, ९३ वटा एक्सटेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।