Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इन्भेष्टमेन्ट बैंकको एफपीओ नेप्सेमा सूचिकृत, कारोबार सुरु हुन अझै समय लाग्ने

admin २०७३ असार १३ गते
सेयर:

investment bankनेपाल इन्भेष्टमेण्ट बैंकले निष्काशन गरेको एफपिओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत भएको छ । बैंकले सर्वसाधारण हिस्सा बढाउन गत फागुनमा निष्काशन गरेको ९० करोड ६९ लाख रुपैयाँ बराबरको ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ सोमबारदेखि नेप्सेका सूचिकृत भएको हो । 

बैंकले निष्कासन गरेको एफपिओ नेप्सेमा सूचिकृत भएपनि कारोबार गर्न भने अझै हप्ता दश दिन लाग्ने भएको छ । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलका अनुसार एपपिओको शेयर केन्द्रीय निक्षेप प्रणाली सिडिएससीमा सूचिकरण प्रक्रियामा रहेको छ । सिडिएससीमा सूचिकरण भएपश्चात शेयरधनीको डिम्याट खातामा शेयर आएपछि कारोबार गर्न सक्नेछन् । यो प्रक्रिया पुरा गर्न कम्तिमा एक साता र बढीमा १० दिन लाग्ने बताइएको छ । 

एफपिओ निष्कासन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड रुपैंया पुगेको छ । जगेडाकोष बढेर ९ अर्ब ८८ करोड पुगेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।