Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

३ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२०७६ मंसिर १४ गते


बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको बिल बिक्री गर्न लागेको हो । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा यही मंसिर १६ गते सोमवार दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन मंसिर १७ गते मंगलवार गरिने छ ।
११ दिने अवधिको ट्रेजरी बिल खरीद गर्न चाहानेले आगामी फागुन २० गते ब्याजसहित साँवा फिर्ता पाउनेछन् ।
राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउनका निम्ति यसपटक ९१ दिनकोे ट्रेजरी बिल विक्री गर्न लागेकोे हो ।