बैंकिङ खबर । माछापुच्छ्रे बैंक लि. को सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्स (POSMachine) हरुमा अब मास्टर कार्ड (MasterCard) स्वीकार गर्न माछापुच्छ्रे बैंक लि.मास्टर कार्ड (MasterCard) को सञ्जालसंग आवद्ध भएको छ । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड (MasterCard) लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्ड (MasterCard) सँग आवद्ध भएको हो । अब बाट ग्राहकरुले माछापुच्छ्रे बैंक लि. को १७० भन्दा बढि एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स (POS Machine) मार्फत सामानखरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले अब छिटै नै आफ्ना ग्राहकहरुलाई मास्टरकार्ड (MasterCard) समेत जारी गर्ने जनाएको छ । मास्टर कार्ड (MasterCard) सँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरु(POS Machine) मा भीसा, यूनियन पे](UnionPay), मास्टरकार्ड (MasterCard) र मेस्ट्रो (MaestroCard) कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछन् ।
स्थापना कालदेखि नै नयाँनयाँ प्रविधिमाआधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाताखोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।
माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जालतथा १७० वटा एटीएमहरु मार्फत बाट ग्राहकहरुलाईअत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।
