करदाता सचेतना अभियान आइतबारदेखि सुरु भएको छ । सरकार र निजीक्षेत्रको संयुक्त प्रयासमा सो अभियान सुरु गरिरएको हो । सार्वजनिक सेवा प्रवाहमा सहयोग पुग्ने उद्देश्यले आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त पहलमा थालिएको सो कार्यक्रमका लागि जीआईजेडको प्राविधिक सहयोग रहेको छ भने नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था (आईक्यान)ले जनशक्ति र अध्ययन सामग्री उपलब्ध गराएको छ । पहिलो चरणमा पाँच जिल्लाका १० जना प्रशिक्षकलाई १ हप्ता लामो प्रशिक्षक प्रशिक्षण तालीम दिइएको छ । त्यसअन्तर्गत बाँके, कैलाली, दाङ, रूपन्देही र काभ्रेपलाञ्चोकका सहभागीहरूलाई तालीम दिइएको हो ।