Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अनुदानमा पाएको जहाजले निगमलाई घाटा : बीमाशूल्क बराबरको आम्दानी पनि हुँदैन 

admin २०७३ असार १३ गते
सेयर:

nacचीनले अनुदानमा दिएका दुईवटा जहाजका कारण नेपाल वायु सेवा निगमको घाटा बढ्ने देखिएको छ । निगमका अनुसार, सो जहाजबाट बीमा शूल्क तिर्न पुग्ने आम्दानी समेत हुन सकेको छैन । गत आर्थिक वर्षमा सो जहाजबाट जम्मा १४ करोड १० लाख ३० हजार रुपैयाँ कुल आम्दानी भएको थियो । सोही अवधिमा बीमा शूल्क भने २२ करोड ९३ लाख रुपैयाँ बुझाएको छ । त्यस्तै, अघिल्लो वर्ष ९ करोड २२ लाख आम्दानी हुँदा बीमाबापत भने १६ करोड ३४ लाख रुपैयाँ बुझाइएको थियो । यसरी, निगमले दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यले प्राप्त गरेको यी दुई जहाज ग्राउन्डेड हुँदाभन्दा उडान गर्दा बढी घाटा बेहोर्नुपर्ने अवस्था देखिएको छ । दुई जहाजमध्ये वाई–१२ ई जहाज बिगत ९ महिनादेखि ग्राउन्डेड छ भने एम–६० जहाज पनि बेलाबखत ग्राउन्डेड हुने गरेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।