"> नेपाल बंगलादेश बैंकद्धारा नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण – Banking-Khabar

नेपाल बंगलादेश बैंकद्धारा नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण


बैंकिङ खबर । विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर–२३ हात्तीवन, धापाखेल, स्थित नवकिरण अनाथ, असहायबालउत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको थियो । बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्यन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा सो संस्थाकी अध्यक्ष सावित्री पोख्रेलले सो सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभएको थियो ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो । बैंकले बैंकको संस्थागत नारा ‘हामी सबैको बैंक’भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.