June 27th, 2016

सानिमा बैंक र सिडिएस एण्ड क्लियरिङ्गबिच सम्झौता

sanimaसानिमा बैंकले सिडिएस एण्ड क्लियरिङ्गसंग डिपोजिटरी पार्टिसिपेन्ट (डीपी) सम्झौता गरेको छ । सम्झौतामा यस बंैकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र सिडिएस एण्ड क्लियरिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देभ प्रकाश गुप्ताले हस्ताक्षर गरे । उक्त सेवाअन्तर्गत शेयर लगानीकर्ताहरुले निकट भविष्यमै सानिमा बंैकको सहायक कम्पनी सानिमा क्यापिटलबाट डि–म्याट खाता खोल्न सक्नेछन् । सानिमा क्यापिटलले लगानीकर्ताहरुलाई स्टेटमेन्ट हेर्न मिल्ने गरि अनलाईन डि.म्याट भ्यू सेवा प्रदान गर्नेछ । सानिमा बंैकको यो सेवा आफ्ना सबै शाखाहरुबाट उपलब्ध गराउने योजना रहेको छ । हाल देशभरी बंैकका ४० वटा शाखा संजाल रहेका छन् ।