November 9th, 2019

एन आई सी एशिया बैंकको विस्तारित काउण्टर उच्च अदालत पाटनमा

बैंकिङ खबर । एन आई सी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर हरिहरभवन ललितपुरस्थित सम्मानित उच्च अदालत पाटन परिसरमा औपचारिक उद्घाटन भएको छ । उक्त विस्तारित काउण्टरको समुद्घाटन एक समारोहका बीच उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले गर्नुभयो ।

समुद्घाटन समारोहमा प्रमुख अतिथि नहकुल सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गर्नुभयो । उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताउनुभयो । समुद्घाटन समारोहमा उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहाल लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हाल यस बैकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८३ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]