
बैंकिङ खबर । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई ज्ञानेश्वर स्थित IST College मा ग्रान्डी इन्टरनेसनल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा करीब ६८ जनाले रक्तदान गरेका थिए ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०२ वटा शाखा तथा ५० ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।