Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंक र सक्षम बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

२०७६ कार्तिक ८ गते


बैकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र यूके एड सक्षम एक्सिस टु फाइनान्स बीच गोरखा र धादिङ्ग जिल्लाका भुकम्प पिडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पछि २०७२ सालको भुकम्पले क्षति पुर्याएका धादिङ्ग जिल्लाका धुनिवेशी, निलकण्ठ नगरपालिका र गोरखा जिल्लाको गोरखा नगरपालिकाका नागरिकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भुकम्प पिडित घर कर्जा लगानी गर्ने छ । संझौता पछि प्रदेश नम्बर २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसंग मिलेर सामाजिक सुरक्षाको रकम भुक्तानी बैंक मार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने छ ।
समारोहमा राष्ट्रिय पुर्ननिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले सरकारले दिएको पैसा बैंक मार्फत पारदर्शी तबरबाट जनताको हातमा पुगेको बताउंदै यस्तो सम्झौताले भुकम्प पिडित जनतालाई भवन निर्माण गर्न आवश्यक परेको रकम पुरा हुने बताउनुभयो । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले भुकम्प पिडित जनताहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताउनुभयो । सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर निर्मल दाहालले यो सम्झौताले भुकम्प पछिको पुर्ननिर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरु टेकराज जोशी, सरस्वती अधिकारी, देवेश लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, धालिङ्ग र गोरखा जिल्लामा रहेका शाखाका शाखा प्रबन्धकहरु, सक्षम एक्सिस टु फाइनान्सका अधिकृतहरुको सहभागीता रहेको थियो । सो कार्यक्रम ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेतले संचालन गर्नुभएको थियो ।
बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।

सक्षम एक्सेस टु फाइनान्स यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो जुन नेपाल सरकार र संयुक्त अधिराज्य बीचको सम्झौताको एउटा हिस्सा हो । यसलाई नेपालमा स्थानीयतथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग को साझेदारीमा डिएफआइडी नेपालकालागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

Ad