Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको काठमाडौं, न्यूरोडमा चौधौं शाखा कार्यालय

२०७६ कार्तिक ७ गते

 


बैंकिङ खबर । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले न्यूरोड, काठमाडौंमा नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर शिवराज श्रेष्ठबाट विधिवत रुपमा चौधौं शाखा कार्यालयको समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजेश लाल श्रेष्ठ, अध्यक्ष श्रीमान श्रेष्ठ, संचालकहरु सरोजनी श्रेष्ठ, डा. रेश्मा श्रेष्ठ, राजेश मानन्धर, किर्ति नाथ मास्के एवं प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समुपस्थिति रहेको थियो ।

बैंकिङ्ग सेवामा यसले ATM सेवा, SMS Banking सेवा, E-Banking सेवा, ECC सेवा, IPS/Connect IPS सेवा, Safe Deposit Locker सुविधा, Top up facilities, विभिन्न विप्रेशण (Remittance) सेवा तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमाको व्यवस्था समेत गरेको छ ।
हालसम्म गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले २०७६ आश्विन मसान्तसम्मको निक्षेप संकलन
रु. ३ अर्ब ८२ करोड तथा कर्जा रु.३ अर्ब २१ करोड प्रवाह गरी रु. २ करोड १० लाख संचालन मुनाफा गरेको जनाएको छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २४ करोड ८७ लाख रहेको छ ।

Ad