Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

आधा दर्जन बैंकका सीईओको तलबभत्ता सार्वजनिक

२०७६ कार्तिक ४ गते

बैंकिङ खबर । आधा दर्जन बैंकहरुले सीईओको तलब सार्वजनिक गरेका छन् । वार्षिक प्रतिवेदनमार्फत बैंक अफ काठमाण्डू, कुमारी बैंक, सानिमा बैंक, माछापूच्छ्रे बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकले सीईओ तलब सार्वजनिक गरेका हुन् ।

यी छ मध्ये, बैंक अफ काठमाण्डूले सबैभन्दा धेरै र सिटिजन्स बैंकले सबैभन्दा थोरै तलब दिने गरेको छ । बैंक अफ काठमाण्डूले बार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक दिन्छ भने सिटिजन्स बैंकले ९२ लाख १२ हजार रुपैयाँ दिन्छ ।

यसबाहेक, कुमारी बैंकले दुई करोड १४ लाख ६३ हजार रुपैयाँ, एनआइसी एसियाले दुई करोड १३ लाख ६७ हजार रुपैयाँ, सानिमा बैंकले दुई करोड आठ लाख ३९ हजार रुपैयाँ र माछापुच्छ्रे बैंकले एक करोड १७ लाख ९८ लाख रुपैयाँ पारि?मिक दिने गरेका छन् ।

यसबाहेक, सीईओहरुको बोनस र कल्याणकारी कोषको सुविधा पनि पाउँछन् ।