Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आरविवि मर्चेन्ट बैंकिङ्ग लि.को प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त

२०७६ कार्तिक १ गते


बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा २०७६ कार्तिक १ गतेबाट लागु हुने गरी चार (४) वर्षको लागि बद्रीप्रसाद प्याकुरेललाई नियुक्त गरिएको छ । प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले एक समारोहका बीच पदबहाली समेत गर्नुभएको छ । प्याकुरेलकोे अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूंँजीबजारमा पन्ध्र वर्ष भन्दा बढिको अनुभव रहेको छ । उहांँ यस अघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं आरविवि मर्चेन्ट बैंकिङ्गका संचालक केशबप्रसाद लम्सालले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।

हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुँदा दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले बताउनुभयो । आरविवि मर्चेन्ट बैंकिङ्गको हाल २० करोड चुक्ता पूँजी रहेको छ ।

सो समारोहमा रा.वा. बैंकका मूख्य प्रबन्धक एवं संचालक पवन रेग्मी, रा.वा. बैंकका मूख्य प्रबन्धक एवं आरविवि मर्चेन्ट बैंकिङ्गका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । समारोहलाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गर्नुभएको थियो ।

Ad