Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

वित्तीय पहुँच बढ्यो, शेयर बजारमा ल्याप्चे युग सकियो : साताका टप खबरहरु

२०७६ कार्तिक १ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय क्षेत्रमा नेपालले ठूलो प्रगति हासिल गरेको छ । केही समयमा नै बैंकिङ पहुँच विस्तारमा उल्लेख्य वृद्धि हासिल गरेको रिपोर्ट नेपाल राष्ट्र बैंक्ले सार्वजनिक गरेको छ । यसबाहेक पनि बैंक तथा वित्तीय क्षेत्रमा यस साता केही महत्वपूर्ण गतिविधि भएका छन्ः

वित्तीय पहुँचबारे राष्ट्र बैंकको रिपोर्ट
राष्ट्र बैंकले ६०.९ प्रतिशत जनतामा वित्तीय पहुँच पुगेको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसा, दोहोरिएका बाहेक बैंक खाता एक करोड ८० हजार छन् । मोबाइल, इन्टरनेट, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका प्रविधिका प्रयोगकर्ता पनि उल्लेख्य रुपमा बढेका छन् । ७५३ मध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरु नै पुगिसकेका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष बाहिरिए
चार वर्षे कार्यकाल सकिएपछि धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की बाहिरिएका छन् । कार्की बाहिरिएसँगै सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएको छ । बोर्डका लागि अध्यक्ष चुन्ने समयमा अर्थमन्त्रीकै जागीर धरापमा परेपछि नियुक्ति प्रकृया लम्बिन सक्ने देखिएको छ । कार्की नेपाल सरकारको निर्णयअनुसार २०७२ कात्तिकमा बोर्डको अध्यक्ष बनेका थिए ।

मेरो शेयरमा नयाँ फिचर्स
सिडिएससीले संचालनमा ल्याएको मेरो शेयर सफ्टवेयरमा नयाँ फिचर्सहरु थप भएका छन् । सिडिएसले यसै साताको सोमबारबाट भारित औसत लाभकर गणना विधि सहितका नयाँ फिचर्स थपिएको साइट संचालनमा ल्याएको हो । सिडीएसले मेरो शेयरको लुक्स पनि परिवर्तन गरेको छ । यससँगै लगानीकर्ताले शेयर खरिद गरेको मूल्यको स्वघोषणा गर्न ब्रोकरकोमा गएर ल्याप्चे लगाउनु पर्ने बाध्यता अन्त्य भएको छ ।

शाइन रेसुंगाले दुई बैंकलाई गाभ्यो
१० जिल्ला कार्यक्षेत्र भएको एक मात्र विकास बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक्ले भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ । अब शाइन रेसुंगा रष्ट्रिय स्तरमा स्तरोन्नति हुन लागेको छ । चुक्तापुँजी दुई अर्ब ६८ करोड पुर्याएको बैंकले २५ प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने जनाएको छ ।

मार्जिन सुविधा भिजनमा पनि
मार्जिन सुविधा दिने ब्रोकरको संख्या दुई पुगेको छ । यसै साता भिजन सेक्युरिटिजले मार्जिन सुविधा दिन सुरु गरेपछि यस्तो संख्या दुई पुगेको हो । यसअघि, असोज १४ गते ब्रोकर नं. ५० ले मार्जिन सुविधा दिन सुरु गरेको थियो ।