May 19th, 2020

जिवनलाई क्ष्या होईन आहा बनाउँ ।

 

आर.आर हरिकृष्ण जोशी
केहीवर्ष पहिले एक जना दाईले भन्नु भएको थीयो भाई जिवन रोदन पनि हो र हासो पनि हो । तिमि जसरी पनि जिवन कटाउन सक्छौ । रुदैमा जिवन छोटो र हास्दैमा लामोे हुने होईन तिम्रो आफ्नो जिवनप्रतिको बुझाई आफु प्रतिको विश्वास र तिम्रो सोचमा नै तिम्रो जिवन कसरी जिउने भन्ने निर्भर गर्दछ । त्यस दिनदेखी नै जिवन र जिवनमा घट्ने विषयहरुलाई फरक तरिकाले हेर्ने र बुझ्ने कोसीस गर्दे आएको छु ।
हेरक दिन एउटै हुदैन दिन पछि रात र रात पछि दिन आउछ यो प्रकृतिकै नियम हो । हाम्रा जिवनमा केही पनि स्थायी छैनन । जिवनमा समस्या, दु.ख, कष्ट नआउने होईन आउछन सबै हामीले सोचैकै हुनु पर्दछ भन्ने होईन कहिलेकाही हाम्रो विचार भन्दाफरक किसिमका घटनाहरु हुन सक्तछ तर ति घटनालाई तपाई हामी कसरी लिन्छौ भन्नेमा नै निर्भर रहन्छ । हामी सबै कुरा पाउनको लागी अरुको नक्कल गर्ने धुनमा जिवन विताईरहेका छौ फलाना जस्तो हुन्छु ,फलानाले जस्तो गर्छु भनेर । आफु को हो भनेर आफुले आफुलाई चिनेर आफु जस्तो बन्ने प्रयास नगरी अरुको नक्कल गर्न खोज्दा आफनो जिवनलाई निराशातिर धकीलीरहेका छौ ।
हामी प्रायजसो कसैले आपनो विचार भन्दा बाहीरको कुरा भन्यो भने रीसाउनी, नबोल्नी, ठुस्कीनी काम नलाग्ने देख्ने गर्दछौ । हामी जन्मदा लोभ, लालच, रीस, मोह, ठुलो सानो केही मतलब थिएन तर समय संगै जब हामी बढ्दै गयौ धेरै कुरा देख्दै सीक्दै अगाडी बढ्यौ तब हाम्रो मनमा रीस राग, ठुलो सानो धनि, गरिव मेरो तेरो सबै देख्न थाल्यौ र त्यही किसिमका ब्यवहार पनि शुरु गर्याै र धेरैलाई शत्रु देख्न थाल्यौ । अरु ठुलो भएर भन्दानी आफै समयसंगै ठुलो हुँदा अरुलाई शत्रु देख्न क्रम बढदै गयो र शत्रुताका नाममा एकले अर्काको कुरा काट्ने, सकेसम्म भत्काउने र आईपरे ज्यानै लिने सम्मका ब्यवहार शुरु गर्याै ।
आखीर जन्मदा कसैलाई नचीन्ने, लोभ लालच, ठुलो सानो, धनि गरिव केहीथाहै नहुने हामी आज आएर एक अर्का प्रति कीन यस्तो ब्यवहार गर्न तयार भयौ भन्ने नै महत्वपुर्ण हो । अल्लो घर पल्लो घर ,कार्यालयमा हाकीम कर्मचारी, ब्यवसायमा मालीक कामदार यी सबैमा एक ले अर्काको कुरा काटी रहेका छन् । मेरो छीमेकी कामै नलाग्ने, मेरो हाकीम कुरै नसुन्ने, मेरो कर्मचारी कामै गर्दैन भनेर एकले अर्कालाई दोषारोपण गरीरहेका छौ । आज यस्तो भयो यस काकारणले भनेर अरु प्रति रिस पोखीरहेका छौ । आफैले आफैलाई विश्वास नगर्ने र अरुसँग बढि अपेक्षीत हुँदा जिवन सहज हुन सकेको छैन ।
जिवनमा केही गर्न सकीएन उमेर पनि बुढो हुदै गयौ पैसा पनि छैन पढ्न पनि सकीएन भनेर आफैले आफैलाई पीडा दिएर जिवनलाई बर्वाद बनाईरहेका छौ, हामी यो सोच्दैनौकी यो संसारमा कोही वाल्यकालमै वितेका छन त कोही १०० बर्ष भन्दा बढि नि बाचेका छन् कोही सानै उमेरमा पनि आफ्नो पेशा व्यवसाय गरेर सफल भएका छन् भने कोही बुढ्यौलीमा त कोही जिन्गदगीमा केहीनगरी पनि वितेका छन् । कोही नागरीकता र पासपोर्ट उमेर पुग्नासाथ बनाएर कलीलैमा धन कमाउन बिदेश गएका छन भने कोहीकोही बुढेसकालमा पनि आफै पैसा खर्च गरेर पढ्न गएका छन्, कोहीले आठ पास गरेर पनि राम्रो धन सम्पती कमाएका छन भने कसैले डीग्री सकेर पनि कमाउन सकेका छैनन्। ट्रम्प ७० वर्षमा अमेरीकाको राष्ट्रपति बने भने ओबामा ५५ वर्षमा नै रीटायर्ड बनेका हुन । ट्रम्पले पनि म ५५ वर्ष पुगे ओवामा जस्तो राष्ट्रपति बन्न सकीन भनेर पश्चाताप गरेर बसेको भए आज उनको यो दीन आउने थीएन ।
तसर्थ जिन्दगीमाआफु सीत नभएको कुरालाई हेरेर अरु सीत अपेक्षीत भएर पीडाको जिवनजीउनु भन्दाआफुसँग भएको क्षमतालाई प्रयोग गरी आफ्नै गतीमा जिवन अघि बढाउनु पर्दछ । जिवनमा अरुको गतीलाई रीस र डाह होईन आफनै गतीलाई माया गर्नुपर्दछ । सबैको एउटा समय हुन्छ र तपाईको जिन्दगीले पनि त्यो समयको पखाई गरीरहेको छ । तसर्थ समय भन्दा अगाडी जाने कोसीस गरी आफुलाई निराश नबनाऔ, आफैले आफैलाई आत्मग्लानी नगरौ, अरुले मलाई जिते भनेर अरुको डाह नगरौ र म समायअनुकुल ठिक छु म पनि एक दिन गन्तब्यमा पुग्छु भन्ने विश्वास गरौ र “जिवनलाई क्ष्या होईन आहा बनाउँ ।”


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]