June 24th, 2016

अब विदेशबाट काँचो सुन ल्याउन नपाइने

goldवैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर सुन तस्करी गर्ने क्रम बढेपछि सरकारले गहनाबाहेकको पचास ग्रामसम्मको सुन ल्याउन प्रतिवन्ध लगाएको छ । सरकारले झिटी गुण्टा सम्वन्धी व्यवस्थामा परिवर्तन गर्दै पचास ग्रामको गहनाका सुनचाँदी वाहेक काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध गरेको हो । हालसम्म विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म पचास ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो । दुबई, मलेसिया लगायतका मुलुकमा रहेका केही नेपाली तस्करले फर्किन लागेका नेपालीलाई सुन भरियाको रुपमा प्रयोग सुनचाँदी ल्याउने गरेका थिए । सुन ल्याउने नेपालीलाई केही रकम दिएर झिटीगुण्टामार्फत सुनचाँदीको वैधानिक रुपमा तस्करी भइरहेको थियो । सोही तस्करी रोक्न यस्तो व्यवस्था गरिएको भन्सार विभागले जनाएको छ । अब नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किदा सुन र चाँदीको गहना पचास ग्रामसम्म मात्रै ल्याउन पाउनेछन् ।