October 16th, 2019

२ बर्षमै बैंकिङ पहुँचमा उत्साहजनक बृद्धि, ६१ प्रतिशत नागरिक वित्तीय पहुँचमा

बैंकिङ खबर । २०१७ मा गरिएको विश्व बैंकको सर्बेक्षणले नेपालमा वित्तीय पहुँच अत्यन्तै कम्जोर देखाएको थियो । २ बर्षको अवधिमा यो अबस्थामा निकै सुधार देखिएको छ । २०१७ को तथ्याङकमा ४५ प्रतिशत नागरिकको बैक खाता देखिएकोमा २ बर्षमा सुधार भएर ६१ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने व्यक्तिको संख्यामा उल्लेख्नीय सुधार आएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा वित्तीय पहुँच बढेको देखिएको छ । हाल खाता खोल्ने नेपालीको संख्या १ करोड ८० लाख पुगेको छ । जसअनुसार कुल जनसंख्यामध्ये करिब ६० दशमलव ९ प्रतिशत नागरिक वित्तीय पहुँचमा रहेका छन् ।

राष्ट्र बैंकले २ करोड ७८ लाख निक्षेप खातामा प्रति व्यक्तिको खाता छुट्याएर यो तथ्याङक निकालेको हो । एकै व्यक्तिका धेरै खाताको दोहोरोपना हटाउन निक्षेपकर्ताले बैंकमा पेस गरेको तीनपुस्तेबाट अध्ययन गरिएको तथ्याङक हो । बैंक तथा वित्तीय संस्थामा २ करोड ७८ लाख निक्षेप खाता र १४ लाख ४० हजार कर्जा खाता रहेको छन् । यी खाता भने व्यक्ति र संस्थाका दोहोरो अबस्थामा पनि छन् । त्यसैगरी हाल मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार रहेका छन् । डेबिट कार्ड बोक्नेको संख्या ६७ लाख ९ हजार पुगेको छ । गत तीन महिनामा बैंकहरूले १ सय ८ स्थानीय तहमा शाखा बढाएका छन् । अब वाणिज्य बैंकहरू ७ सय ५३ स्थानीय तहमध्ये १४ स्थानीय तहमा मात्रै पुग्न बाँकी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]