सनराइज बैंक लिमिटेडले बैंकिङ इलामको जिल्लाको साखेजुङ्ग गा.वि.स.वडा नं.७ स्थित नेपालटारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ सेवा विस्तार गर्दै जाने जाने रणनीति अनुसार सो सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ सेवा बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मी र नेपालटार उच्च मा.वि.का प्रधानध्यापक गोपाल प्रसाद कट्टेलले बिहीबार एक समारोहका बीच उद्घाटन गरे ।
सो अवसरमा बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मीले शाखारहित बैंकिङ सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सुरेन्द« राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्र्तगत एटिएम कार्डमार्फत कारोबार गर्न सकिन्छ । यससँगै सनराइज बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या ६ पुगेको छ ।




