Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेरो माइक्रोफाइनान्स र सिडीएसबीच धितोपत्र अभौतिकीकरणसम्बन्धि सम्झौता

admin २०७३ असार ९ गते
सेयर:

meroमेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सिडिएस एण्ड क्लियिरङ्ग लिमिटेड बीच धितोपत्र अभौतिकीकरणका लागि दर्ताको सम्झौता सम्पन्न भएको छ । १ सय रुपैयाँ अंकित मूल्य भएको ६ लाख १२ हजार कित्ता साधारण सेयर र १३ लाख ८८ हजार कित्ता संस्थापक शेयर गरी जम्मा २० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भए पश्चात् अभौतिक रूपमा राफसाफ तथा फछ्र्यौट गर्न सक्ने गरी यी दुई कम्पनिबिच सम्झौता भएको हो । सम्झौता भएपश्चात् सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले यस लि. को सर्वसाधारण सेयरका लागि अन्तर्राष्ट्रिय स्तरको परिचय अंक NPE280A00005 र संस्थापक सेयरका लागि NPE280A40001 समेत प्रदान गरेको छ । 

यसैबिच, मेरो माएक्रोफाइनान्सले आफ्ना शेयरधनीलाई शेयर कारोबार गर्नका लागि आफूसंग भएको शेयर प्रमाणपत्र आफूलाई पायक पर्ने निक्षेप सदस्य (डीपी)कोमा गई डिम्याट् खाता खोल्न अनुरोध समेत गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।