Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

यो दशैंमा १२ अर्ब बराबरको नयाँ नोट सटही, नोट हिफाजतका लागि नेपाल राष्ट्र बैंकको आग्रह

२०७६ आश्विन १९ गते


बैंकिङ खबर । यस पटकको दशैंमा १२ अर्ब रूपैयाँ बराबरको नयाँ नोट सटही भएको छ । नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि देखि १७ गतेसम्म विभिन्न बैंकमार्फत सर्वसाधारणका लागि सो रकम उपलब्ध गराएको जानकारी दिएको छ ।
यस पटक राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाइएको थियो ।
राष्ट्र बैंकले एक व्यक्तिका लागि ५, १०, २०, ५० र १०० रूपैयाँका एक–एक प्याकेट गरी १८ हजार ५०० सम्म साट्न पाउने व्यवस्था गरेको थियो ।
यसैबिच नेपाल राष्ट्र बैंकले सफा नोट नीति लागु गरेको छ । त्यसैले राष्ट्र बैंकले नयाँ नोटको हिफाजतका लागि समेत आग्रह गरेको छ । राष्ट्र बैंकले यी नयाँ नोटको सदुपयोग गर्न तथा पुजा आजामा नोट परिचालन नगर्न अनुरोध गरेको छ । दशैंको टिकामा नयाँ नोट प्रयोग गरेर अविर लगाउने र नयाँ नोट पुरानो बनाउने पद्धतिलाई अन्त गर्न भन्दै राष्ट्र बैंकले पुजा आजामा नयाँ नोट प्रयोग नगर्न भनेको छ । सामान्यतया कागजी नोटको आयु ४/५ बर्षको हुने तर दशैंका बेला बजारमा पठाइएका नोट एक बर्षमै पुराना हुने गरेको पाइएको छ, यो वर्षमात्र पनि राष्ट्र बैंकले ७६ अर्ब ९५ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको झुत्रा नोटहरु जलाएको छ । ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने हुनाले सर्वसाधारणलाई दशैँमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन आग्रह गरीएको हो । नेपाल राष्ट्र बैंकले हरेक बर्ष सटही गर्दै आएको नयाँ नोट अर्को बर्षदेखि नलिकाल्ने योजना बनाएको छ ।