Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिईडिबी हाइड्रोको १७ करोड ६१ लाख रुपैयाँको साधारण शेयर आउँदै

२०७३ असार ९ गते

cedbसिइडिबी हाइड्रोले १७ करोड ६१ लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्ने भएको छ । चुक्ता पूंजी ५८ करोड ७० लाख रुपैंया रहेको कम्पनीले बुधबार सम्पन्न विषेश साधारण सभा मार्फत संस्थापक शेयरधनीलाई हकप्रद शेयर निष्काशन गरि ७६ करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी बनाउने निर्णय गरेको हो । क्लिन ईनर्जी डेबलपमेन्ट बैंकले जलविद्युत आयोजना निर्माणका लागि २०६६ सालमा स्थापना गरेको सिइडिबी हाइड्रो फण्डले विशेष साधारण सभामा संचालक समितिको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको हो । साधारण शेयर निष्काशनका लागि कम्पनीले यस अघि नै एनसिएम मर्चेण्ट एण्ड बैंकिंग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

कम्पनीका अनुसार अहिले साधारण शेयर निष्काशनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रकृया चलिरहेको छ भने त्यो पुरा भए पछि धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको प्रकृया अघि बढाइनेछ । यस आधारमा कम्पनीको साधारण शेयर निष्काशनका लागि कम्तीमा ४ महिनाको समय लाग्ने देखिन्छ ।