October 2nd, 2019

बैंकिङ करिअर बनाउन चाहनेहरुलाई अवसरै अवसर : कुनकुन बैंकमा छ भ्याकेन्सी ?

बैंकिङ खबर । लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले भ्याकेन्सी खुलाएका छन् । साना किसान लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत मागेको छ । यसका लागि संस्थाले कात्तिक १२ गतेभित्र आवेदन गर्न आह्वान गरेको छ ।

 

मुक्तिनाथ विकास बैंकले जुनियर एसिस्टेन्टदेखि एसिस्टेन्ट मेनेजरसम्मका पदमा दरखास्त आह्वान गरेको छ ।

लुम्बिनी विकास बैंकले प्रदेश नं. १,२, ३, ४ र ५ मा रहेका शाखाहरु र आगामी दिनमा प्रदेश नं. ६ र ७ मा खुल्न लागेका शाखाहरुका लागि केही संख्यामा ट्रेनी जुनियर एसिस्टेन्ट र मेनेजमेन्ट ट्रेनी मागेको छ । त्यस्तै, बैंकले इन्फरमेसन सेक्युरिटी अफिसर, चार्टर्ड एकाउन्टेन्ट र कम्प्लायन्स केवाईसी डिपार्टमेन्ट हेड पनि मागेको छ ।

 

त्यस्तै, सनराइज बैंकले पनि इन्टर्नसिपका गर्न चाहनेका लागि अवसर प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]