Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१ सय २० युवालाई व्यावसायिक तालिमसँगै अनुदान

२०७३ असार ९ गते

moneyजिल्ला कृषि विकास कार्यालय सिराहाले चालु आव २०७२/०७३ मा जिल्लाका १ सयभन्दा बढी बेरोजगार युवालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिमसँगै अनुदान रकम प्रदान गरेको छ । तरकारी खेतीमार्फत जिल्लाका युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्लाभरिका १ सय २० जना युवालाई चार चरणमा व्यावसायिक तालिमसँगै तरकारी खेती गर्न चाहेकालाई ३० हजार रुपैयाँका दरले अनुदान रकम प्रदान गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।