Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक अफ काठमाडौंका पूर्व सिइओलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

२०७६ आश्विन १० गते

बैंकिङ खबर । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठलाई आज पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बैंकिङ कसुरमा परेका उनलाई थुनामा राख्ने आदेश दिइएको हो । पक्राउ परेको ५ दिनसम्म पनि श्रेष्ठलाई प्रहरीले छाडेको छैन ।
खोलाको जग्गामा ५ करोड रुपैयाँ रकम कर्जा स्वीकृत भएको समय श्रेष्ठ सिइओ थिए ।
नक्कली बैंक ग्यारेन्टी देखाई बैंकलाई हानी पुर्याएको कसुरमा प्रहरीले उनलाई पक्राउ गरि मुद्दा चलाएको होे ।

यस विषयमा श्रेष्ठ पक्राउ परेपछि बीओकेको व्यवस्थापन समितिले उनलाई छुटाउन बैंक जमानी बस्ने बताउदाँ पनि प्रहरीले मानेको छैन ।
यसैबिच राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल तथा अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष बीओकेका सञ्चालकहरुले श्रेष्ठलाई पक्राउ नगरी अनुसन्धान गर्नका लागि भनसुन गरिदिन आग्रह समेत गरेका छन् ।
प्रहरी अहिले बैंकिङ कसुर ऐन अन्तर्गतको ५ करोड ऋण दुरुपयोग मुद्दाको अनुसन्धानमा सक्रिय रहेको छ ।

Ad