बैंकिङ खबर । बैंकर राजनसिंह भण्डारी सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । उनी सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । बैंकको नवनिर्वाचित सञ्चालक समितिको ३१४ औं बैठकले प्रवलजंग पाण्डे, सजन शमा र सीता कार्कीलाई सञ्चालकमा निर्वाचित गरेको छ । राजनसिंह भण्डारी यस अघि सोही बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।