बैंकिङ खबर । कृषि विकास बैंक सिस्टम ह्याकिङ प्रकरणमा बैंककै कम्प्युटर प्रयोग गरिएको पाइएको छ । बैंकको सिस्टमबारे जानकारले मात्रै यस्तो गर्न सहज भएका कारण घटनामा बैंकका कर्मचारीको संलग्नता देखिएको छ । प्रारम्भिक अनुसन्धाबाट त्यस्तो देखिएको हो । प्रहरीले समातेका ११ मध्ये केही व्यक्ति बैंकका कर्मचारी रहेका छन् ।
राष्ट्र बैंकले पनि यस घटनामा बैंककै कर्मचारीको संलग्नता भएको हुन सक्ने आशंका गरेको छ । व्यालेन्ससीट नै तलमाथि पारेर रकम निकालिएका कारण बैंककै कर्मचारी संलग्न भएको हुन सक्ने आशंका गरिएको छ । कृषि विकास बैंकको सिरहाको लहान र धनगढी शाखा कार्यालयहरुबाट रकम ट्रान्सफर गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ट्रान्सफर गरिएको रकम केहि व्यक्तिको खातामा समेत हालिएको छ । ब्यालेन्जसीट समेत चलाएर ३/४ जना व्यक्तिको खातामा रकम ट्रान्फर गरिएको राष्ट्र बैंकले बताएको छ ।
Banner News
कृषि विकास बैंक ह्याकिङ प्रकरण : बैंककै कम्यूटर प्रयोग गरेर रकम ट्रान्सफर
२०७६ आश्विन ८ गते