June 22nd, 2016

सानिमा माइ हाइड्रोको शतप्रतिशत हकप्रद शेयर आउँदै

sanima maiसानिमा माइ हाइड्रोपावर कम्पनिले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । बुधबार बसेको हाइड्रो सञ्चालक समितिको बैठकले प्रति १ कित्ता बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको निर्णय बुधबार मध्यान्ह नेपाल स्टक एक्स्चेञ्जको वेबसाइटमा प्रकाशित भएको हो । हकप्रद निष्काशन हुने निर्णयलाई कम्पनीले आगामी साधारण सभाबाट पारित गर्नेछ ।  

हाल १ अर्ब ५ करोड रुपैंया चुक्ता पूँजी रहेको सानिमा माई हाइड्रोले हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब १० करोड रुपैंया पुर्याउने छ । चालु आर्थिक वर्षको चैत मसान्तमा २ करोड ३८ लाख ५ हजार ८ सय ३३ रुपैंयाले जगेडा कोष नकरात्मक रहेको कम्पनीले उक्त अवधिमा २ आयोजनामा ५० लाख रुपैंया मात्र लगानी गरेको छ । उक्त अवधिमा २६ करोड रुपैंयाको विद्युत बिक्रि गरेको कम्पनीले ६ करोड २४ लाख ३१ ह्जार रुपैंया खुद नोक्सान व्यहोरेको छ । प्रतिशेयर आम्दानी ५ रुपैंया ९२ पैसाले ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैंया ७४ पैसा छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]