बैंकिङ खबर । प्राविधिक कारणले गर्दा एन आई सी एशिया बैंकका डेविट तथा क्रेडिट कार्डहरु मिति २०७६/०५/१८ गते देखि अन्य बैंक तथा वित्तीय संस्थाका ATM तथा POS मेशिनहरुमा नचल्ने र एन आई सी एशिया बैंकका ATM तथा POS मेशिनहरुमा मात्र चल्ने गरेकोमा मिति २०७६/०६/०१ बाट यस बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु VISA Network मा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका Point of Sales (POS) मा समेत चल्ने व्यवस्था मिलाईएको बैंकले जानकारी दिएको छ। यस विचमा प्रविधिक कारणले ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाको लागि बैंकले क्षमाप्रार्थी रहेको जनाएको छ ।
हालसम्म यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
