Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकको संख्या १५ मा झार्न विश्व बैंकको सुझाव

२०७६ भाद्र ३१ गते

बैंकिङ खबर । पूर्वाधारमा बैंकिङ लगानी बढाउनका लागि विश्व बैंकले वाणिज्य बैंकको पुँजी बढाएर संख्या घटाउन सुझाव दिएको छ । बैंकको अहिलेको संख्या र पूँजीले पूर्वाधार क्षेत्रमा लगानी बढ्न नसक्ने भन्दै विश्व बैंकले नेपालका बैंकहरुको क्षमता बढाउन भनेको हो । ‘नेपालमा बैंकको संख्या १५ मात्र आवश्यक हुने देखिएको छ,मर्जर गरेर भएपनि वा १६ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएर भएपनि बैंकको संख्या घटाउन आवश्यक छ,’ विश्व बैंकले सार्वजनिक गरेको नेपालको पूर्वाधार विकास सम्बन्धी प्रतिवेदनमा भनिएको छ ।

पहिलो चरणमा नै बैंकको संख्या घटाउनुपर्ने र त्यसपछि पूँजी बढाउने तथा विदेशी बैंकसँगको साझेदारीमा जोड दिनुपर्ने विश्व बैंकको भनाई छ । त्यस्तै, सरकारले पुनरकर्जाको अवधि सातदेखि १० वर्ष बनाउनुपर्ने विश्व बैंकले जनाएको छ ।

Ad