June 22nd, 2016

सुप्रिम डेभलपमेन्ट बैंकका शेयरधनीलाई १५ प्रतिशत बोनश

supremeसुप्रिम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको सञ्चालक समितिले कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगदसहित हाल कायम रहेको चुक्तापुँजीको १५ प्रतिशतको अनुपातमा बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । सो निर्णय बैंकको आगामी असार २८ गते हुने ११ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ ।

बैंकदे चालूू आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड ५७ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्तापुँजी ८१ करोड १६ लाख २२ हजार रुपैयाँ रहेको बैंकले सो अवधिमा ७ अर्ब ३४ करोड ११ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४७ करोड ८४ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।   
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]